माल्दिभ्सविरुद्ध ७ बलमै नेपालको जित

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य जितेको हो।

माल्दिभ्सले दिएको ९ रनको सामान्य लक्ष्य नेपालले १ ओभर १ बलमा लक्ष्य पुरा गर्यो।

नेपालकी रोमा थापाले ५ र काजोल श्रेष्ठले २ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११ ओभर ३ बलमा ८ रन जोड्दा अलआउट भएको छ।

माल्दिभ्सको एमा ऐस्थाले १ रन बनाउँदा अन्य खेलाडीले खाता खोल्न सकेनन्।

नेपालकी अन्जली चन्दले ४ विकेट लिइन्। यस्तै रुबिना क्षेत्रि र सिता राना मगरले समान २/२ विकेट हात पारे।

स्वर्णका लागि भने श्रीलंका र बंगलादेशले खेल्ने छन्।

प्रकाशित मिति: : 2019-12-07 12:13:48

प्रतिकृया दिनुहोस्