बारामा बलात्कृत ६ बर्षिया बालिकालाई रोटरी क्लबद्धारा २५ हजार सहयोग

तस्बिर: बिएल

बाराको कलैयामा बलात्कृत भएकी ६ बर्षिया बालिकालाई शुक्रबार रोटरी क्लब अफ वीरगञ्जले २५ हजार सहयोग प्रदान गरेको छ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत पिडितको बालिकको पारिवारीक आर्थिक अवस्था कमजोर भएकाले रोटरी क्लब अफ वीरगञ्जले सहयोग रकम प्रदान गरेको हो।

क्लब अध्यक्ष तथा बाल रोग बिशेषज्ञ डा आनन्द कुमार झाले आफ्नो व्यक्तिगत खर्चबाट ५ हजार रुपैयाँ र क्लबका सदस्यहरुबाट सहयोग बापत पाएको २० हजार रुपैयाँ रकम पिडित बालिकाको आमालाई हस्तान्तरण गरेका हुन्।

डा झाकाअनुसार गत मंगलबार दिउँसो बालिकाको बलत्कारपछि अवस्था गम्भिर भएकाले सोहि दिन वीरगञ्ज हेल्थ केयर अस्पतालमा शल्यक्रिया गरिएको छ। शल्यकृया पछि बालिकाको अवस्था अहिले सामान्य भएपनि डराएको र मानसिक रुपले आघात पुगेको बताए।

बालिकाको बलत्कारमा संलग्न अभियुक्तको खोजी भईरहेको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-12-06 15:43:48

प्रतिकृया दिनुहोस्