सिद्धबाबालाई ती महिलाले फेसबुकमा पठाएकी थिइन् अनेकौँ म्यासेज

एक अनुयायीबाट बलात्कार आरोप लागेका सिद्धबाबा कृष्णदासजीलाई ती महिलाले हरेक दिनजसो फेसबुक म्यासेन्जरमा म्यासेज लेख्ने गरेको खुलेको छ।

स्रोतका अनुसार ती महिलाले हरेक दिनजसो सिद्धबाबालाई उत्तेजक तथा प्रेमको अनुयय गरेर म्यासेज पठाउने गरेकी थिइन्।

गत वर्षको दसैँताकादेखि अनुयायीका रुपमा ती महिलाले सिद्धबाबालाई म्यासेज लेख्ने गरेको स्रोतले जानकारी दिएको छ।

महिलाले पटकपटक लेखेका म्यासेजको सिद्धबाबाले सामान्यतया: जवाफ नदिएको र बेलाबेला सामान्य जवाफ फर्काएको देखिएको छ। बेलाबेला सिद्धबाबाले आफूबारे प्रकाशित समाचार र तथा सामग्रीहरुको लिंक पठाउने गरेको म्यासेज रेकर्डमा देखिएको छ।

महिलाले लेखेको एक म्यासेजमा छ-  मेरा आँखाअगाडि देख्दा पनि छुन पाउनु छैन किन? मेरो भावलाई किन चोरेको? तेही भावको आनन्दमा डुब्नसमेत नदिने? … अब त दया गरिस्यो… त्यो दिव्य अनुभूति अनि अँगालोमा हजुर हुँदा मेरो के हाल होला? हे प्यारे कहिले सकिन्छ प्रेमको गलिको यात्रा? हेरिस्यो है अब धेरै सहने छैन.. तीन महिनापछि म मरेको खबर पढ्न तयारी गरे हुन्छ। सपनामा कात्तिकमा आइज भन्ने देखेको छु। त्यत्तिञ्जेल कुर्छु, नत्र मर्दिन्छु…

प्रकाशित मिति: : 2019-12-06 08:38:48

प्रतिकृया दिनुहोस्