तेक्वान्दोमा मनिता र अप्सरा स्वर्णबाट चुके

तस्बिरः बिएल नेपाली सेवा

नेपालमा जारी १३औं संस्करणको सागमा नेपालकी मनिता शाही र अप्सरा कार्की बिहीबार भएको फाइनलमा भारतीय प्रतिद्वन्द्वीसँग पराजितभएका छन्।

महिला ७३ केजीमुनि तौल समूहमा मनिता भारतकी मारिया रेगीसँग १५-० ले पराजित भइन्। पहिलो सेटमा ६-० ले पछाडि परेकी मनिता दोस्रो चरणमा १३-० ले पछि परिन्। त्यसअघि मनिताले श्रीलंकाकी सचिता आर्चाचिगेलाई २९-२ ले हराएकी थिइन् ।

त्यसअघि नेपालकै अप्सरा कार्की ६७ केजी मुनि तौल समूहमा फाइनलमा पराजित भएपछि रजतमा सिमित भइन्। फाइनलमा भारतकी रुचिका भावेसँग ८-५ ले पराजित हुँदै अप्सरा स्वर्णबाट चुकीन्। पहिलो राउण्डमा भारतले ४-० को अग्रता लिएको थियो। दोस्रो राउण्डको समाप्तिमा ७-२ को स्थिति रहेपनि अन्त्यमा अप्सराको पुनरागमन प्रयास सफल हुन सकेन । अन्ततः ८-५ मा पराजित हुन पुगिन्।

सेमिफाइनलमा अप्सराले बंगलादेशकी सलमा खातुनलाई पराजित गरेकी थिइन् ‍।

प्रकाशित मिति: : 2019-12-05 16:29:00

प्रतिकृया दिनुहोस्