भुटानद्वारा माल्दिभ्स पराजित,उक्लियो शीर्ष स्थानमा

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ।

दशरथ रंगशालामा बिहिबार भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

भुटानको जितमा छिमी दोर्जे र फुर्ब थिन्लेले एक एक गोल गरे। माल्दिभ्सका होम्जा मोहमदले एक गोल फर्काए।

जितसँगै भुटानले ३ खेलमा ६ अंक जोडेको छ। र, भुटान शीर्ष स्थानमा उक्लिएको छ। नेपालको ४ अकं रहेको छ।

प्रकाशित मिति: : 2019-12-05 16:18:53

प्रतिकृया दिनुहोस्