बिप्लवका ओलीलाई प्रधानन्यायाधीशले झिकाए, न्यायाधीशले फिर्ता पठाए

तस्वीर: फाइल फोटो

नेपालको सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेता हेमन्त प्रकाश ओली  'सुदर्शन'को बन्दी प्रत्यक्षीकरण रिट नै खारेज गरिदिएको छ । 

छोरी विपनाले  चैत १३ गते सर्वोच्च अदालतमा दायर गरेको प्रत्यक्षीकरण रिट अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले खारेज गरेको हो । यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पक्राउ गर्नुको कारणसहित  वलीलाई तीन दिनमा उपस्थित गराउँन आदेश दिएका थिए। 

 चैत १० गते काभ्रेमा पक्राउ परेका ओली प्रहरी हिरासतमा छन्। उनलाई सम्बन्धित जिल्ला अदालतमै पठाउने आदेश भएको छ ।

वलीविरूद्ध नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट गराएको अभियोगमा ललितपुर जिल्ला अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसअघि विप्लव समूहकै नेता मोहन कार्कीलाई भने सर्वोच्च अदालते छोड्न आदेश दिएको थियो। तर, प्रहरीले संखुवासभामा अर्को उजुरी परेको भन्दै उनलाई छोडेजस्तो गरेर पुन पक्राउ गरेको थियो।

ओली सरकारले नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउँदै उनका नेता तथा कार्यकर्तामाथि धरपकड जारी राखेको छ। 

 

प्रकाशित मिति: : 2019-04-10 21:32:55

प्रतिकृया दिनुहोस्