महिला कबड्डीमा नेपालले बंगलादेशलाई हरायो

बिएल

नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा कबड्डीमा ऐतिहासिक जित निकालेको छ। नेपालले पछिल्लो २० बर्षमा बंगलादेशविरुद्ध पहिलो जित निकालेको हो।

बुधबार बिहान एपीएफको हलचोकमा भएको खेलमा नेपालको महिला टिमले बंगलादेशलाई ३६–२५ ले हरायो।

महिला टिमकी अनुजा राईले सर्वाधिक ८ अंकको स्कोर गरिन्।


जितसँगै नेपालले कम्तिमा कास्य पदक पक्का गरेको छ।

प्रकाशित मिति: : 2019-12-04 14:15:50

प्रतिकृया दिनुहोस्