सर्वोच्च अदालतका नासु सुधीरकुमार खड्काविरुद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्बिर: बिएल

सर्वोच्च अदालतका नायब सुब्बा सुधीरकुमार खड्काविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार खड्काले देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनेर २ लाख ५० हजार रुपैयाँ मागेका थिए। विशेष अदालत, काठमाडौंको कैफियत प्रतिवेदनका आधारमा शाही पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएका थिए।

त्यसविरुद्ध सर्वोच्चमा दर्ता निवेदनको विषयलाई लिएर मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धुरौटीमा छुटाइदिने खड्काको आश्वसन थियो। कोइरालाका अनुसार उनले माग गरिएको रकममा ५० हजार रुपैयाँ छुट गरिदिने पनि भनेका थिए।

आयोगका अनुसार खड्काले उजुरीकर्ताका दाजु विपक्षी भएको विचाराधीन मुद्दामा मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराउने भनेर पनि दुई पटक गरेर ९ हजार रुपैयाँ लिएका थिए।

प्रकाशित मिति: : 2019-12-04 14:08:20

प्रतिकृया दिनुहोस्