मिक्स ट्रायथोलनमा नेपाललाई रजत

प्रतिकारत्मक तस्बिर

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मिक्स ट्रायथोलनमा नेपालले रजत पदक जितेको छ।

पोखरा लेकसाइडमा भएको खेलमा नेपाल भारतसँग पराजित हुँदै रजत पदकमा समेटिएको हो। यता श्रीलंकाले कास्य जितेको छ।

मिक्स ट्रायथोलनमा नेपालका तर्फबाट सोनी गुरुङ, दीपेश चौधरी, केशरी थापामगर र बसन्त थारुको समूहले प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित मिति: : 2019-12-04 11:46:43

प्रतिकृया दिनुहोस्