मोरङमा टिपरको ठक्करबाट ४ वर्षीया बालिकाकाे मृत्यु

प्रतिकारत्मक तस्बिर

मोरङमा टिपरको ठक्करबाट मंगलबार एक जना बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका वडा नं. ५ डुम्राहाकी ४ वर्षीया बालिका राधिका कुमारी मण्डल रहेकी छन्।

डुम्राहाको भित्री सडकमा हिँडिरहेकी मण्डललाई ना ८ ख ७०५३ नं. को टिपरले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपरका चालक मोरङको रतुवामाई नगरपालिका वडा नं. ५ बस्ने ३० वर्षीय आशिष कठेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-03 17:32:48

प्रतिकृया दिनुहोस्