देउसी खेलेकाे रकमले दृष्टिविहिनलाई सामग्री वितरण

तस्बिर: बिएल

कर्णाली नेत्रहिन संघले तिहारको बेला काठमाडौंमा देउसी खेलेर संकलन गरेको रकमबाट जुम्लाका दृष्टिविहीनलाई आवश्यक सामग्री सहयोग गरेको छ।

मंगलबार परेको २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको पूर्वसन्ध्यामा उद्योग वाणिज्य संघ जुम्लाको हलमा एक कार्यक्रमको आयोजना गरि दृष्टिविहीनलाई सेतो छडी, अडियो पुस्तक तथा न्यानो कपडा सयोग गरेको हो।

उक्त रकमबाट ४ जना विद्यार्थीलाई अडियो पुस्तक, १७ जनालाई सेतो छडि र ३ जनालाई न्यानो कपडा उपलब्ध गराइएको हो।

काठमाडौंमा पेशागत क्षेत्रमा रहेका तथा अध्ययन गरिरहेका दृष्टिविहीनले देउसी खेलेर ६० हजार रुपैयाँ संकलन गरेका थिए। सोही रकम अपाङ्गता भएकालाई सहयोग गरेपछि शिक्षा तथा जीवनयापनमा केही मात्रामा भएपनि सजिलो हुने नेत्रहिन संघ जुम्लाका अध्यक्ष धनप्रसाद न्यौपानेले बताए।

त्यस्तै अपाङ्ग पुर्स्थापना तथा विकास केन्द्रले दृष्टिविहीन स्रोत कक्षामा अध्यनरत ३५ बालबालिकालाई ट्राउजर र बौद्धिक अपांगता भएका ६५ बालबालिकालाई न्यानो टोपी वितरण गरेको छ। सोही अवसरमा घोडासिनको अपाङ्गता समूहले पनि अपाङ्गता भएका पशुपति शाहीलाई ग्यास चुलो वितरण गरेको थियो।

प्रकाशित मिति: : 2019-12-02 20:56:12

प्रतिकृया दिनुहोस्