वाट्फोर्डका मुख्य प्रशिक्षक सान्चेज फ्लोरेस बर्खास्त

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर क्लब वाट्फोर्डले मुख्य प्रशिक्षक सान्चेज फ्लोरेसलाई बर्खास्त गरेको छ।

यस सिजन क्लबले खराब प्रदर्शन जारी राखेपछि वाट्फोर्डले प्रशिक्षक फ्लोरेसलाई बर्खास्त गरेको हो।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा पनि वाट्फोर्ड साउथह्याम्पटनसँग २–१ ले पराजित भएको थियो।

यस सिजन वाट्फोर्डले १४ खेलमा मात्र एक जित निकालेको छ। यस सिजन १४ खेलमा ८ अंक जोडेको वाट्फोर्ड लिगको पुछारमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-02 13:54:08

प्रतिकृया दिनुहोस्