औवामियाङकाे दुई गोलसँगै आर्सनल बराबरीमा राेकियाे

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ।

आइतबार राति भएको खेलमा आर्सनल नर्विच सिटीसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

नर्विचको मैदानमा भएको खेलमा आर्सनलका लागि पिएरे इम्रिक औवामियाङले दुई गोल गरे। यता नर्विचका लागि टिमु पुक्की र तोड कान्टवेलले एक एक गोल गरे।

२१ औं मिनेटमा पुक्कीले गोल गर्दै नर्विचलाई अग्रता दिलाएका थिए। २९ औं मिनेटमा औवामियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई खेलमा फर्काए।

४५ औं मिनेटमा कान्टवेलले गोल गर्दै नर्विचलाई पुनः २–१ को अग्रता दिलाए। तर, खेलको ५७ औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई हारबाट जोगाए।

बराबरीसँगै आर्सनल १४ खेलबाट १९ अंक जोडेको छ। आर्सनल लिगको आठौं स्थानमा रहेको छ। यता, नर्विच ११ अंक जोडेर १९ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-02 07:53:18

प्रतिकृया दिनुहोस्