‘छ माया छपक्कै’ले प्रदर्शनको ५१औं दिन पार गर्‍यो

तस्बिरः एजेन्सी

फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको ५१औं दिन पार गरेको छ।

दशैँको छेको पारेर गत असोज २४ बाट प्रदर्शनमा आएको यो फिल्मले बीएसआर मुभिज, सिडिसी सिनेमाज्, गोपीकृष्ण मुभिज, अष्टनारायण, गुण र गंगा गरेर ६ चलचित्र घरमा प्रदर्शनको ५१ औं दिन पार गर्न सफल भएको हो।

फिल्मको सफलताको सम्पुर्ण श्रेय पहिले दर्शकलाई जाने निर्देशक दीपेन्द्र लामाले बताए।

‘छ माया छपक्कै’ले ५१औं दिनसम्म करिब १४ करोडको ब्यवसाय गरेको अनुमान निर्माता रोहित अधिकारीले गरे।

फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतको अभिनय रहेको छ।

प्रकाशित मिति: : 2019-12-01 14:27:13

प्रतिकृया दिनुहोस्