१३ औं साग: महिला भलिबलमा भारतसँग भिड्दै नेपाल

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज (बिहिबार) दोस्रो खेल खेल्दैछ।

समूह चरणको दोस्रो खेलमा नेपालले त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतियोगिताकै बलियो टिम भारतसँग खेल्न लागेको हो।

उद्घाटन खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको थियो। भारत बिहिबार आफ्नो पहिलो खेल खेल्दैछ।

यसअघि दुवै टोली नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा भिडेका थिए।

सो खेलमा भारतले नेपाललाई सहजै हराउँदै उपाधि जितेको थियो।

 

प्रकाशित मिति: : 2019-11-28 08:36:19

प्रतिकृया दिनुहोस्