सागमा सहभागिता जनाउन तीन देशका भलिबल टोली नेपालमा

बिएल

दक्षिण एसियाली खेदकुद (साग)मा सहभागिता जनाउन श्रीलंका,बंगलादेश र माल्दिभ्सको भलिबल टोली नेपाल आइपुगेका छन्।

साग अन्तर्गत बुधबारबाट सुरु हुने भलिबलका लागि तीन राष्ट्रको पुरुष र महिला टिम सोमबार नेपाल आइपुगेका हुन्।

सागको अथिति सत्कार समितिका सदस्य राजन खत्रीले अब भारत र पाकिस्तानको भलिबल टिम नेपाल आउन बाँकी रहेको जानकारी दिए। उनका अनुसार बाँकी दुई टिम मंगलबार नेपाल आउने छन्।

सागको भलिबल भने उद्घाटन अघि नै सुरु हुनेछ। उद्घाटनसम्म भलिबलतर्फको समूह चरणका खेल सकिनेछ।

पुरुषतर्फ समूह ए मा नेपाल,भारत र बंगलादेश रहेका छन्। समूह बी मा श्रीलंका,पाकिस्तान र माल्दिभ्स रहेका छन्।

महिलातर्फ समूह ए मा नेपाल,भारत र बंगलादेश रहेका छन्। समूह बी मा माल्दिभ्स,श्रीलंका र पाकिस्तान रहेका छन्।

प्रकाशित मिति: : 2019-11-25 14:56:26

प्रतिकृया दिनुहोस्