नेविसंघ र अनेरास्ववियूका विद्यार्थीले कुटे त्रिचन्द्रका क्याम्पस प्रमुख

फाइल तस्बिर

त्रिचन्द्र कलेज घण्टाघरका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन्।

विज्ञान स‌ंकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले सोमबार बिहान उनलाई क्याम्पस परिसरमै कुटेका हुन्।

न्यौपानेलाई प्रहरीले उद्धार गरेर उपचारका लागी वीर अस्पतालमा लगिएको काठमाडौं प्रहरी प्रमुख एवंम् एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। घटनामा संलग्न भएको आरोपमा २ जना विद्यार्थीलाई पक्राउ गरिएको उनले बताए।

प्रकाशित मिति: : 2019-11-25 12:33:43

प्रतिकृया दिनुहोस्