सोसिडाडविरुद्ध रियलकाे जित, बार्सिलोनासँग अंक बराबर

तस्बिरः एजेन्सी

स्पेनिस लिगमा रियल मड्रिडले सहज जित निकालेकाे छ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले घरेलु मैदानमा रियल सोसिडाडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

रियलको जितमा करिम बेन्जिमा,फेडरिको भाल्भर्डे र लुका मोड्रिचले एक एक गोल गरे। यता सोसिडाडका लागि एक मात्रै गोल विल्लियन जोसेले गरेका थिए।

जोसेले खेलको दोस्रो मिनेटमा नै सोसिडाडलाई अग्रता दिलाएका थिए। तर बेन्जिमाले ३७ औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काए।

४७ औं मिनेटमा भाल्भर्डेले गोल गर्दै घरेलु टोलीलाई २–१ ले अघि बढाए। मोड्रिचले ७४ औं मिनेटमा गोल गर्दै रियललाई सहज जित दिलाए।

रियलले १३ खेलबाट २८ अंक जोड्यो । सोसिडाड २३ अंक सहित पाँचौ स्थानमा रह्यो।

जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ। बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ।

प्रकाशित मिति: : 2019-11-24 08:04:19

प्रतिकृया दिनुहोस्