घरेलु मैदानमा साउथह्याम्पटनसँग आर्सन बराबरीमा राेकियाे

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले घरेलु मैदानमा बराबरी खेल्दै अंक बाडेको छ।

शनिबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनसँग २-२ गोलको बराबरी खेलेको हो ।

इमिरेट्स स्टेडियममा आर्सनलका लागि एलेक्जेन्डर लाकाजेटले दुई गोल गरे। यता साउथह्याम्पटनका लागि डानी इन्ग्स र जेम्स वार्डले एक एक गोल गरे।

खेलको आठौं मिनेटमा इन्ग्सले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए। १८ औं मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनललाई खेलमा फर्काए।

७१ औं मिनेटमा वार्डले गोल गर्दै साउथह्याम्पटनलाई २-१ को अग्रता दिलाए। तर, खेलको इन्जुरी समयमा लाकाजेटले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा फर्काए।

यो बराबरीसँगै आर्सनलले १२ खेलबाट १७ अंक जोडेको छ। आर्सनल लिगको आठौं स्थानमा रहेको छ।

८ अंक जोडेको साउथह्याम्पटन पुछारमा रहेको छ ।

प्रकाशित मिति: : 2019-11-24 07:32:05

प्रतिकृया दिनुहोस्