लिभरपुलको अर्को जीत, लेष्टरसँग ब्राइटन पराजित

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले अर्काे जित हात पारेको छ।

शनिबार भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेस उसैको घरेलु मैदानमा १–२ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा साडियो माने र रोबर्टो फर्मिन्होले समान एक एक गोल गरे। यता क्रिष्टल प्यालेसका लागि एक गोल विल्फ्रिड जाहाले फर्काए।

खेलको ४९ औं मिनेटमा नै लिभरपुललाई मानेले अग्रता दिलाएका थिए। तर क्रिष्टलका जहाले ८२ औं मिनेटमा खेल १–१ को बराबरीमा ल्याए।

खेलको ८५ औं मिनेटमा फर्मिनोहोले गोल गर्दै लिभरपुललाई १–२ गोल अन्तरको जित दिलाए।

जितसँगै लिभरपुल १३ खेलबाट ३७ अंक जोडेको छ। ऊ शीर्ष स्थानमा छ। लिभरपुल दोस्रो स्थानको लेष्टर सिटी भन्दा ८ अंकले अघि रहेको छ।

यता अर्काे खेलमा लेष्टरले ब्राइटनलाई उसैको मैदानमा ०–२ गोल अन्तरले पराजित गरेको छ।

यता एभर्टनले नर्विच सिटीलाई ०–२ तथा वाटफोर्डले बुर्नेलीलाई ०–३ गोलले हराएको छ।

प्रकाशित मिति: : 2019-11-23 22:44:37

प्रतिकृया दिनुहोस्