पूर्वकप्तान पारस सम्मिलित टिमद्वारा कर्नाटकालाई १२९ रनको लक्ष्य

फाइल तस्बिर

युएईमा जारी टी १० क्रिकेट लिगको सुपर लिग अन्तर्गत अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिमबीच प्रतिस्पर्धा भईरहेको छ ।

आबुधाबीस्थित शेख जायद स्टेडियममा पारसको टिम आबुधाबीले सन्दीपको टिम कर्नाटका टुसकेर्सलाई जितका लागि १ सय २९ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको आबुधाबीले १० ओभरमा २ विकेट गुमाएर १ सय २८ रन बनायो।

आबुधाबीका लागि लुक राइटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान मोइन अलीले ३५ रन जोड्दा वाएण म्याडसेन २० रनमा अविजित रहे ।

कर्नाटकाका नाथन रिमिङटनले १ विकेट लिए ।

सन्दीप भने प्लेईङ सेटमा परेका छैनन्।

सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ। पारसको आबुधाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-22 23:02:41

प्रतिकृया दिनुहोस्