अनु मलिकलाई भारतीय रियालिटी शो इन्डियन आइडल–११ बाट हटाइयाे

फाइल तस्बिर

अनु मलिकलाई भारतीय रियालिटी शो इन्डियन आइडल–११ बाट हटाइएको छ।

अनु मलिकमाथि कैयौँ कहिलाहरुले मि टू अभियानअन्तर्गत यौन शोषणको आरोप लगाएका थिए। इण्डियन आइडल ११ को निर्णायक बनेसँगै भारतीय गायक तथा संगीतकार अनु मलिकको चर्को आलोचना भइरहेको थियो।

भारतीय गायिका सोना मोहापात्रा र नेहा भसीनले अनु मलिक इण्डियन आइडल–११ को निर्णायक बनेलगत्तै आपत्ति जनाएका थिए। साथै सोना मोहा पात्राले महिला एवं बाल विकास मन्त्री स्मृति इरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकलाई निर्णायकको पदबाट हटाउन माग गरेकी थिइन्।

यसअघि पनि अनु मलिकले मि टू अभियानअन्तर्गत उनले यौन शोषणको आरोप लागेपछि शो छोड्नु परेको थियो।

इण्डिया टुडेको एक रिपोर्टअनुसार अनु मलिक अब इन्डियन आइडल ११ बाट बाहिरिइसकेका छन्। उनको स्थानमा शोमा कसको आगमन हुनेछ भन्ने बारेमा अहिले कुनै जानकारी सार्वजनिक गरिएको छैन। अनु मलिकलाई आरोप लागेपछि सोनी टेलिभिजनलाई राष्ट्रिय महिला आयोगले स्पष्टीकरण दिन पत्र पठाएको थियो।

प्रकाशित मिति: : 2019-11-22 12:52:02

प्रतिकृया दिनुहोस्