ढोका फुटाएर भाग्दै गर्दा पक्राउ

फाइल तस्बिर

मोरङको सुन्दरहरैंचा नगरपालिका ९ बुधबारेबाट चोरी गरेर भाग्दै गर्दा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं नैकापका २६ वर्षीय आशिष मगर रहेका छन्।

स्थानीय राजकुमार बोहोराको घरमा कोही नभएको अवस्थामा ढोका फुटाएर चोरी गरी भाग्दै गर्दा उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाकाअनुसार बोहोराको घरमा कोही पनि नभएको कुरा छिमेकीलाई थाहा थियो। शंकास्पद व्यक्ति घरबाट निस्किएर भाग्न थालेपछि स्थानीयले घेरा हाल्दै मगरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको बताए।

मगरले चोरी गरेको एउटा ल्यापटप, पेन ड्राइभ, किराना सामानसहित नगद चार हजार पाँच सय रुपैयाँ प्रहरीले बरामद गरेको छ। पक्राउ परेका मगरविरुद्ध चोरी मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-22 11:55:14

प्रतिकृया दिनुहोस्