सन्दीप लामिछाने सम्मिलित टिम कर्नाटकालाई १ सय ३० रनको लक्ष्य

फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम कर्नाटका टुसकेर्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा अहिले मराठा अरेबियन्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको अरेबियन्सले १० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनायो। अरेबियन्सले कर्नाटकालाई जितका लागि १ सय ३० रनको लक्ष्य दिएको छ।

कर्नाटका लागि क्रिस लिनले ६१ तथा एडम ल्याइथले ५० रनको अर्धशतकीय इनिङ्स खेले।यस्तै नाजिबुल्लाहले ११ र वालटोनले ४ रन बनाए।

कर्नाटकाका लागि अहमेद राजा, नाथन र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

प्रकाशित मिति: : 2019-11-20 18:10:05

प्रतिकृया दिनुहोस्