पौष ४ मा सारियाे पर्यटन महोत्सव

सांकेतिक तस्बिर

‘प्रथम राष्ट्रिय औद्योगिक व्यापार कृषि, नविनतम प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव २०७६’ पौष ४ गतेबाट हुने भएको छ। ‘आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगीकरणमा सबैं जुटौं’ भन्ने मुलनाराका साथ सञ्चालन हुन लागेको हो ।

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको प्रवद्र्धन तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा पौष १० गतेबाट महोत्सव सञ्चालन हुने नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले जानकारी दिए ।

अध्यक्ष  बिसीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेत उद्योग वाणिज्य संघ र सो अन्तर्गतका वस्तुगत समिति समग्र उद्योगी तथा व्यावसायीहरुको मागलाई संवोधन गर्न मंसिर १८ देखि २४ गतेसम्म हुन भनिएकाे महोत्सव सारिएकाे उनले जानकारी दिए । 

प्रकाशित मिति: : 2019-11-19 13:11:46

प्रतिकृया दिनुहोस्