मन्त्रिमण्डल हेरफेर बारे समाचारमा प्रचण्ड सचिवालयको भत्सर्ना

बिएल

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सार्वजनिक भइरहेका समाचारबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले खण्डन गरेको छ ।

मंगलबार एक विज्ञप्ति निकाल्दै सचिवालयले सार्वजनिक भएका समाचारहरू अनर्गल र भ्रामक रहको भन्दै भत्सर्ना समेत गरेको छ ।

‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रशारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्सना र खण्डन गर्दछ । मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ’, प्रचण्ड सचिवालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2019-11-19 10:12:59

प्रतिकृया दिनुहोस्