अक्षयकुमार र करिना कपुर अभिनित कमेडी फिल्म ‘गुड न्युज’ काे ट्रेलर सार्वजनिक

तस्बिरः एजेन्सी

अभिनेता अक्षयकुमार र अभिनेत्री करिना कपुर अभिनित कमेडी फिल्म ‘गुड न्युज’ काे ट्रेलर सार्वजनिक भएको छ। फिल्मभित्र रहेको कमेडी प्लट समेटिएको ट्रेलरमा अक्षयकुमार, करिनाको अलवा दिलजित दोसान्झ र कियारा आडवाणी समेत देखिएका छन् ।

फिल्मको कथा दुई जोडी बत्रा परिवारको हो। अक्षयकुमार दुई गर्भवती महिलाको पेटको बीचमा देखिएका छन्। दुबै जोडीले बच्चा पैदा गर्न इन विट्रो फर्टिलाइजेशन आईवीएफ टेक्नोलोजीको सहारा लिन्छन्। दिलजित–कियारा र अक्षय –करिनाको गुड न्युजका बीचमा सबै कुरो उल्टोपुल्टो हुन्छ ।

सोही क्रममा करीनामा दिलजित र कियारमा अक्षयका स्पर्म ट्रान्फर हुन्छ। जब स्पर्म मिक्स हुन्छ। तब फिल्मको कहानी अगाडि बढ्छ। ट्रेलर सार्वजनिक हुने बितिकै दर्शकले पनि निकै मन पराएका छन्।

‘गुड न्युज’ मार्फत लामो समयपछि करिना र अक्षयले एकसाथ काम गरेका हुन्। करण जौहरको यो फिल्म २७ डिसेम्बरमा सार्वजनिक प्रदर्शनमा आउँदैछ।

 

 

प्रकाशित मिति: : 2019-11-18 17:37:47

प्रतिकृया दिनुहोस्