विप्लव समूह निकटका एक पत्रकार पक्राउ

फाइल तस्बिर

विप्लव समूह निकटका एक पत्रकारलाई प्रहरीले चन्दा असुलेको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका प्रह्लाद न्यौपाने रहेका छन् ।

चन्दा माग्दै गरेको अवस्थामा उनीलाई एक हप्ताअघि मुड्खुबाट रङ्गेहात पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनर सिंह राणाले बताए।

डीएसपी राणाले मुड्खुस्थित एक घरमा प्रल्हादले धम्क्याउँदै चन्दा मागिरहेका अवस्थामा उनीसहित रामचन्द्र न्यौपाने नियन्त्रणमा लिइएको बताए।

रामचन्द्रलाई भने सामान्य सोधपुछपश्चात छाडिएको डीएसपी राणाले बताए। उनीहरु दाजुभाइ रहेको खुल्न आएको प्रहरीको भनाइ छ।

 

प्रकाशित मिति: : 2019-11-18 16:53:41

प्रतिकृया दिनुहोस्