प्रदेश ३ लोकसेवा आयोगका अध्यक्षले लिए सपथ

बिएल

प्रदेश ३ लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले शपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन्।

मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सिफारिस समितिले कात्तिक २९ गते श्रेष्ठलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेको थियो।अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न मुख्यमन्त्री पौडेलको संयोजकत्वमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ सदस्य रहेको समिति गठन गरिएको थियो।

सो समितिले अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरे पनि महिलासहित अन्य दुई सदस्यको नियुक्तिको सिफारिस भने गरेको छैन। श्रेष्ठसहित अन्य दुई सदस्यको नियुक्ति कहिले हुन्छ भन्ने पनि टुंगो लागिसकेको छैन। आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति प्रदेश प्रमुखले गर्ने व्यवस्था छ।

अध्यक्षमा सिफारिस श्रेष्ठले ३२ वर्षसम्म निजामती सेवामा बिताएका छन्। उनी श्रम तथा रोजगार मन्त्रालयको सचिवसमेत बनेका थिए। लमजुङको दुराडाँडामा २०१५ साल जन्मिएका श्रेष्ठ २०४१ सालमा नेपाल सरकारको शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए। हाल काठमाडौंको गोंगबु बस्दै आएका श्रेष्ठले एमएससी र एमपीए गरेका छन्।

प्रदेश लोक सेवा आयोग गठन भइसकेपछि प्रदेशलाई आवश्यक कर्मचारीको भर्ना छनौट गर्ने बाटो खुल्ने छ।

प्रकाशित मिति: : 2019-11-18 16:38:17

प्रतिकृया दिनुहोस्