‘दि कर्मा’को फस्टलुकमा यस्तो देखिए नीता

बिएल

चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ।यो चलचित्र अब माघको १७ गतेबाट रिलिज हुने भएको छ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा यो चलचित्र बनेको हो। जयराज रायले यो चलचित्रको निर्माण गरेका हुन् भने देवकुमार श्रेष्ठ यसका निर्देशक हुन्।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रको कथा जयराजले लेखेका हुन्। श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको चलचित्रमा शारदा खड्का सह–निर्माताको रुपमा छन्।

भारतका मोडल करण वर्माको साथमा चलचित्रमा नीता ढुंगाना, परमिता आरएल राणा, वुद्दि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतकाको अभिनय छ। चलचित्रमा सुशिल पोखरेलको पटकथा तथा संवाद छ।

नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि यो फिल्म रिलीज हुने बताईएको छ। हिमालयन बिजनेस ग्रुपले अष्ट्रेलियामा रिलीज गर्ने बताईएको छ भने एभरेष्ट बिजनेश ग्रुपले दक्षिण कोरियामा रिलीज गर्नेछ। त्यसैगरी जापान, हङकङ, थाईल्याण्ड, म्यानमार, मलेशिया, विभिन्न खाडी मुलुकहरुमा रिलीज पछि अमेरिका, बेलायत तथा यूरोपमा विभिन्न मुलुकहरुमा प्रदर्शन गरिने निर्माता श्रीदेवले बताए।

प्रकाशित मिति: : 2019-11-18 13:27:00

प्रतिकृया दिनुहोस्