एसीसी इमर्जिङ एसिया कप: बंगलादेशविरुद्ध खेल्दै नेपाल

फाइल तस्बिर

एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले आज (सोमबार) समूह चरणको अन्तिम खेल खेल्दैछ।

प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्न लागेको हो।खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ ।

समुह ’बी’ मा रहेको बंगलादेशले दुई खेल जित हात पार्दै समूहको शीर्ष स्थानमा छ। नेपाल एकमा जित र एकमा हार ब्यहोर्दै तालिकाको तेस्रो स्थानमा छ ।

अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्नै पर्ने दबाब छ।

ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो।

यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको थियो।

बंगलादेशले पहिलो खेलमा हङकङलाई ९ तथा भारतलाई ६ विकेटले पराजित गरेको थियो।

प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको थियो।

समूहको शीर्ष दुई टिमले सेमिफाईनल खेल्नेछन्।

प्रकाशित मिति: : 2019-11-18 08:36:02

प्रतिकृया दिनुहोस्