नुवाकोटको ककनीडाँडामा ५७ वर्षअघि स्थापना भएको तारागाउँ रिसोर्ट गोठजस्तै अवस्थामा छ।
भत्किन लागेको भवनमा चार कोठामा सीमित रिसोर्ट पाँचजना कर्मचारीले जेनतेन धानिरहेका छन्।
अत्यधिक चिसो र दुर्गन्धले कोठामा बस्ने अवस्था नरहेको सेवाग्राही आस्था केसीले जनाइन्। ‘तारागाउँ रिसोर्ट यति पुरानो भए पनि सेवासुविधा दयनीय छ, त्यहाँका कोठामा गएर बस्न सक्ने स्थिति छैन,’ उनले भनिन्।