नेपाल भारतको'सी' टिमसँग १ सय ५५ रनले पराजित

फाइल तस्बिर

भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल भारतको'सी' टिमसँग फराकिलो अन्तरले पराजित भएको छ ।

हैदरवादमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारत 'सी'सँग १ सय ५५ रनले पराजित भएको हो ।

भारतले दिएको २ सय ५९ रनको लक्ष्य पछयाएको नेपाल ३२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो ।

नेपालका लागि खडक बहादुर बोहरा र कुशल मल्लले समान २६/२६ रन जोडे । यस्तै तृत राज दासले १९ रन बनाए।

भारतका सुभाङ समर्थले ३ विकेट लिए । यस्तै रबी रोशन, रन्जन पाउल र विद्याधर पाटिलले २/२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो ।

भारतका लागि सौरभ कुमार डागरले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विक्रान्त सिंहले ५० रनको योगदान दिए ।

यस्तै सुभाङ समर्थले अविजित ३४ तथा आर्य सेठीले ३१ रन बनाए ।

नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए ।

यो हारसँगै नेपाल जित विहीन बन्दै घर फर्किएको छ ।

 

प्रकाशित मिति: : 2019-11-17 17:06:32

प्रतिकृया दिनुहोस्