नर्सिङ परिषद्ले लिएकाे लाइसेन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण

फाइल तस्बिर

नेपाल नर्सिङ परिषद्ले कात्तिक ३० गते शनिबार लिएको लाइसन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण भएका छन् ।

२३ औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको काउन्सिल अध्यक्ष गोमा निरौलाले बताइन् ।

परीक्षामा सहभागी एक हजार ६ सय ७१ विद्यार्थी मध्ये ८ सय ७१ पास भएका छन्। बाँकी ८ सय विद्यार्थी फेल भएकाको अध्यक्ष निरौलाले बताए।

 

प्रकाशित मिति: : 2019-11-17 13:08:17

प्रतिकृया दिनुहोस्