भारतीय दूतावास अगाडि नेविसंघको प्रदर्शन,आधा दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ

फाइल तस्बिर

सीमा अतिक्रमणको विरोधमा लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

आइतबार बिहान कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गरी आधा दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको हो। बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको थियो।

प्रहरीले आफूहरुको प्रदर्शनमा हस्तक्षेप गरेको भन्दै नेविसंघका संयोजक नवराज त्रिपाठीले आपत्ति जनाए। उनले आफ्ना केही कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल रिहाइ गर्न माग समेत गरे।

भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ । काठमाडौं उपत्यकामा दिनहुँजसो भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ।

 

प्रकाशित मिति: : 2019-11-17 12:36:32

प्रतिकृया दिनुहोस्