वेष्ट इण्डिजविरुद्धको दोस्रो खेलमा पनि अफगानिस्तान विजयी, करिम जनतले लिए ५ विकेट‍

तस्बिरः एजेन्सी

वेष्ट इण्डिजविरुद्धको दोस्रो टी २० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ।

शनिबार राति भएको खेलमा वेष्ट इण्डिजलाई ४१ रनले हराउँदै अफगानिस्तान विजयी भएको हो।

लखनउमा अफगानीस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो।

वेष्ट इण्डिजका दिनेश रामदिनले अविजित २४ तथा इभिन लेविसले १४ रन बनाए। जासन होल्डरले १३ रन जोड्दा ब्राण्डन किङले १२ रन जोडे।

करिम जनतले ११ रन खर्चेर ५ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। अफगानिस्तानका लागि हजरातउलाल्ह जाजई र करिम जनतले समान २६/२६ रन जोडे।

वेष्ट इण्डिजका केस्रिक विलियम्सले ३ विकेट लिए। यस्तै किमो पाउल र जेसन होल्डरले २/२ विकेट लिए।

यो जितसँगै अफगानिस्तानले ३ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ। बिहिबार भएको पहिलो खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई ३० रनले हराएको थियो।

 

 

 

प्रकाशित मिति: : 2019-11-17 08:35:13

प्रतिकृया दिनुहोस्