शीर्ष स्थानमा रहँदै क्रोएसिया युरोकपमा छनोट

तस्बिरः एजेन्सी

 क्रोएसिया युरोकपमा छनोट भएको छ।

शनिबार राति भएको खेलमा स्लोभाकियालाई ३–१ ले हराउँदै क्रोएसिया युरोकपमा छनोट भएको हो।

खेलमा अग्रता स्लोभाकियाका ३२ औ मिनेटमा बोजेनिकको गोलबाट लिएको थियो।घरेलु टोलीका निकोला भ्यासिकले ५६ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए।

बुर्नो पेटकोविक ६० औ मिनेटमा क्रोएसियालाई २–१ को अग्रता दिलाए। ईभान पेरिसिक ७४ औ मिनेटमा गोल गर्दै टोलीका जित सुनिश्चित गरे।

६६ औ मिनेटमा मेक रातो कार्ड खाँदै मैदान बाहिरिएपछि स्लोभाकिया १० खेलाडीले सिमित बनेको थियो।

समूह ई अन्तर्गत क्रोएसियाले १७ अंक सहित शीर्ष स्थानमा रहँदै युरोकपमा छनोट भयो। चौथो स्थानको स्लोभाकियाको १० अंक रह्यो।

 

 

प्रकाशित मिति: : 2019-11-17 08:09:31

प्रतिकृया दिनुहोस्