टी–१० लिग: पहिलाे खेलमै कर्नाटका टुस्कर्स विजयी, सन्दीपले लिए एक विकेट

तस्बिरः एजेन्सी

टी–१० लिग अन्तर्गत सन्दीप लामिछानेको टिम कर्नाटका टुस्कर्स पहिलो खेलमा जित हात पारेको छ।

शनिबार भएको खेलमा कर्नाटकाले दिल्ली बुल्सलाई १९ रनले पराजित गरेको हो। कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछाएको दिल्ली बुल्सले १० ओभरमा ८ विकेट गुमाएर ९१ रन बनाएको थियो।

दिल्लीका लागि एन्जोलो म्याथ्युजले सर्वाधिक ३१ रन बनाए भने इयोन मोर्गनले २१ रन बनाए।

कर्नाटकाका लागि नाथन रिम्मिन्गटोनले ३ विकेट लिए । त्यस्तै अहमद राजा र पाट ब्राउनले २/२ विकेट लिएका थिए। त्यस्तै सन्दीप लामिछाने एक विकेट लिए।सन्दीपले २ ओभरमा १९ रन दिएर एक विकेट लिए।

सन्दीपले पहिलो बलमा नै विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कर्नाटकाले १० ओभरमा ५ विकेट गुमाएर ११० रन बनाएको थियो।

कर्नाटकाका लागि उपुल थरंगाले सर्वाधिक ४८ रन बनाएका थिए भने शाफिकुल्लाहले ३४ रन बनाए।

दिल्ली बुल्सका बलर रवि रामपाउलले २ विकेट लिएका थिए।

 

 

प्रकाशित मिति: : 2019-11-17 08:02:46

प्रतिकृया दिनुहोस्