५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुन्छौंः गौतम

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई छुने बताएका छन्।

शनिबार नेकपासम्वद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले छिमेकी देशको आर्थिक विकासलाई भेट्टाउने गरी विकासको गतिमा अघि बढेको बताएका हुन् । ‘जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ । ५ वर्ष सम्म राम्रोसँग काम गर्न पायौ भने ५ वर्षमा भारतलाई हामीले छुन्छौ । १० वर्षमा चीनलाई छुन्छौं, उनले भने ।

समाजवाद निर्माण गरेर देखाउने र कसरी समाजवाद निर्माण भयो भनेर संसारका सबैले हेर्ने उनको दाबी छ । बुद्धको नाममा नाम कमाउने, सगरमाथाको नाममा नाम कमाउने काम जति भयो भयो, तर अब समाजवाद निर्माण गरेर नाम कमाउने काम हामीले गर्नुपर्छ’ नेता गौतमले भनेका छन् ।

उनले मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको भन्दै योगदानका लागि सधै तयार छु भन्ने भावना सबैमा जागृत हुनुपर्ने आवश्यकता औल्याए ।

राष्ट्रिय युवा संघ नेपाल पद र प्रतिष्ठाका लागि नभई मुलुकको आवश्यकता अनुसार योगदान पुर्याउने जुझारु युवाहरुको संगठन भएको भन्दै दिईएको जिम्मेवारी पुरा नगर्नेलाई पद छोड्न पनि निर्देशन दिए ।

प्रकाशित मिति: : 2019-11-16 15:47:08

प्रतिकृया दिनुहोस्