महतको प्रश्नः राष्ट्रवादी कहलिएको सरकार किन भारतविरुद्ध बोल्न सक्दैन ?

बिएल

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार गलतबाटो तर्फ उन्मुख रहेको बताएका छन्। उनले कर बढाएर लगानीको वातावरण बिगारेर सरकार अहोगति भन्दा अधोगतितर्फ लागेको आरोप लगाएका छन्।

काठमाडौंको कुलेश्वरमा काठमाडौं जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले सरकारले चौतर्फी रुपमा कर बढाएर नेपालमा लगानी गर्ने चाहाने लगानीकर्तालाई निरुसाहित गरेको आरोप लगाए।

'लगानीकर्तालाई हामीले निरुसाहित गर्ने होइन। कर कम लगाए कलकारखाना र उद्योगहरु बढी खुल्छन र उद्योग कलकारखाना बढी खुले राजस्व बढ्छ। त्यसैले लागानीकर्तालाई आकर्षित बनाउनु पर्छ ।'सहमहामन्त्री महतले भने।

सहमहामन्त्री महतले लागानीकर्तालाई लगानीको वातावरण बनाइदिन सरकार आग्रह समेत गरे। पछिल्लो समय सरकारले नियम कानुनको बर्खिलाप जाने काम गरेको भन्दै उनले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन तर्फ लाग्न आग्रह गरे।

'लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने हो।' सहमहामन्त्री महतले भने, 'नीति नियमलाई सहि रुपमा कार्यन्वयन गर्नुपर्छ।'

सहमहामन्त्री महतले सिमा समस्याको प्रसंगलाई उठाउदै कालापानीको विषय जोडदाररूपमा सरकारले आवाज उठाउन नसकेको बताए।

'चुनाव अगाडि राष्ट्रवादी कहलिएको नेकपा आज सरकारमा हुँदा सिमा समस्या समाधान गर्न सकेन?', उनले प्रश्न गरे, 'विपक्षी बन्दा सरकारको आलोचना गर्ने प्रधानमन्त्रीले किन भारतविरुद्ध बोल सकेन्न ?'

उनले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गरे।

प्रकाशित मिति: : 2019-11-16 14:34:39

प्रतिकृया दिनुहोस्