हात्तीको आक्रमणबाट दुईको मृत्यु

फाइल तस्बिर

माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको हो ।

मृत्यु हुनेमा माडी नगरपालिका वडा नं १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका छन् ।

दुवै जना लु३१प २९११ नंको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा घटना भएको हो । हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।

घटना आज बिहान साढे ७ बजेको समयमा भएको हो ।

प्रकाशित मिति: : 2019-11-16 12:22:45

प्रतिकृया दिनुहोस्