युरोकप छनोट: माल्टाको पोस्टमा स्पेनको गोलको बर्षा,उक्लियो शिर्ष स्थानमा

तस्बिरः एजेन्सी

युरोकप छनोट २०२० मा स्पेनले फराकिलो जित हात पारेको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा स्पेनले माल्टमाथि ७–० गोल अन्तरको फराकिलो जित निकाल्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

अल्भारो मोराटा,सान्टी काजोर,पाउ टोरेस,पाब्लो साराबिया, ड्यानी ओलमो,जेरार्ड मोरेनो र जिसस नविसले ुमान एक एक गोल गरे ।

खेलमा अग्रता स्पेनले २३ औं मिनेटमा मोराटाको गोलबाट लिएको थियो। काजोरलाले २४ औं मिनेटमा स्पेनको अग्रता दोब्बर बनाएका थिए।

पहिलो हाफ २ गोल गरेको स्पेनले दोस्रो हाफमा थप ५ गोल थप्यो । टोरेसले ६३ औं मिनेटमा स्पेनलाई ३–० ले अघि बढाए।

लगत्तै अर्को मिनेटमा साराबियाले स्पेनका लािग चौथो गोल गरेका थिए। ओलमोले ६९ औं मिनेटमा गोल गर्दै स्पेनलाई ५–० ले अघि बढाए ।

७१ औं मिनेटमा मोरेनोले छैटौ गोल गर्यो ।

खेल सकिन पाँच मिनेट बाँकी रहँदा जिसस नविसले गोल गर्दै स्पेनलाई ७–० को जित निकाल्न मदत गरे ।

समूह एफको शीर्ष स्थानको स्पेनले ९ खेलबाट २३ अंक जोड्यो । माल्टा ३ अंक सहित समूहको पुछारमा रह्यो ।

 

प्रकाशित मिति: : 2019-11-16 07:23:45

प्रतिकृया दिनुहोस्