टि–१० लिग: पारसको डेब्यु खेल नै ‘टाई’

फाइल तस्बिर

टि–१० क्रिकेटमा कलन्दर्स र आबुधावीबीचको खेल टाई भएको छ ।

लिगको पहिलो खेलमा जितका लागि १ सय ४ रनको लक्ष्य पछ्याएको क्वालान्डर्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३ रन बनाएपछि खेल टाई भएको हो।

कलन्दर्सका लागि कप्तान डेविड मालनले ३३ रनको योगदान दिए। यस्तै विकेटकीपर लुक रोन्ची २३ र फिलिप साल्टले २२ रन जोडे।

आबुधावीका लागि डी लेन्जले २ तथा रिचर्ड ग्लीसनले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ थालेको आबुधावीले १० ओभरमा ६ विकेट गुमाएर १ सय ३ रन बनायो।

आबुधावीका लागि कोरी एण्डरसनले सर्वाधिक ४३ रन बनाए। यस्तै लुक राइटले २०, निरोशन डिक्वेलाले १७ तथा लेविस ग्रेगोरीले ११ रन बनाए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अविजित ३ रन बनाए।

क्वालान्डर्सका लाहिरु कुमाराले २ विकेट लिए।

खेल टाई भएसँगै कलन्दर्स र आबुधावीले अंक बाँडेका छन्।

टि–१० लिगको नियमअनुसार समूह चरणका खेलमा स्कोर बराबर भएमा अंक बाँड्ने प्रावधान रहेको छ। प्लेअफ चरणका खेलमा मात्र सुपर ओभर रहनेछ। यस नतिजाले दुवै टोलीले १–१ अंक बाँडेका छन्।

प्रकाशित मिति: : 2019-11-16 01:02:44

प्रतिकृया दिनुहोस्