सचिन तेन्दुलकर र विनोद दास शनिबार कीर्तिपुरमा आम्नेसाम्ने हुँदै !

फाइल तस्बिर

भारतीय पूर्वकप्तान सचिन तेन्दुलकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासको टोलीसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने भएका छन् ।

खेल युनिसेफ नेपालले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना गर्दैछ ।

सचिन युनिसेफका सद्धभावनादूत हुन् ।

यू१९ च्यालेन्जर्स सिरिजको लागि भारतको हैदरावादमा रहेका विनोद दास पनि म्याच खेल्न नेपाल आउदैछन् ।

बालअधिकार सम्वन्बी महासन्धी पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा मैत्रीपूर्ण क्रिकेट आयोजना गर्न लागेको युनिसेफले जनाएको छ।

भोलि त्रिवि क्रिकेट मैदानमा खेल हेर्न जाने दर्शकले पानीको बोतल, हेलमेट, धारिला सामग्री र भारी झोला बोक्न नपाउने भएका छन्।

टियु क्रिकेट मैदान बिहान ९ बजेसम्म गेट खुल्ला हुने पनि जनाएको छ ।

भारतमा क्रिकेटको भगवान सरह मानिने सचिन विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडी मानिन्छन्। विश्व क्रिकेटमा बनेका अधिकांश कीर्तिमान उनकै नाममा छन्। 

प्रकाशित मिति: : 2019-11-15 22:43:54

प्रतिकृया दिनुहोस्