बंगलादेशी राष्ट्रपति हमिदको स्वास्थ्यमा समस्या !

फाइल तस्बिर

बंगलादेशी राष्ट्रपति अब्दुल हमिदको काठमाडौंको चन्द्रागिरी भ्रमण रद्द भएको छ। चारदिने सदभावना भ्रमणका लागि गत मंगलबार नेपाल आएका हमिद शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश फर्किँदैछन् ।

स्वदेश फर्किनुअघि राष्ट्रपति हमिदले चन्द्रागिरि हिल्सको अवलोकन गर्ने कार्यक्रम थियो। तर स्वास्थ्यमा समस्या आएपछि भ्रमण कार्यक्रम रद्द भएको चन्द्रागिरी हिल्सका म्यानेजर अभिशेक विक्रम शाहले जानकारी दिए।

यसअघि उनले बिहीबार पोखरा भ्रमण गरेका थिए। 

पोखरा र लेखनाथका विभिन्न भूभागसहित रुपाताल र बेगनासतालको दृश्य एक साथ अवलोकन गर्न सकिने यहाँबाट देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिम शृङ्खलालाई राष्ट्रपति हमिद चाखका साथ अवलोकन गरेका थिए।

गत मंगलबार नेपाल आएलगत्तै भक्तपुर दरबार स्क्वायर भ्रमण गरेका उनले बिहीबार पोखरा भ्रमण गरेका थिए ।

नेपाल बसाइँको क्रममा राष्ट्रपति हमिदले समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: : 2019-11-15 12:57:20

प्रतिकृया दिनुहोस्