पेनाल्टीबाट रोनाल्डोको ह्याट्रिक,लिथुनियाको लज्जास्पद हार

तस्बिरः एजेन्सी

पोर्चुगलले युरोकप छनोटमा लिथुनियालाई ६–० ले हराएको छ ।

बिहिबार राति घरेलु मैदानमा प्रभावशाली जित निकाल्दै पोर्चुगल युरोकप छनोटको नजिक पुगेको छ । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गरे भने एफोन्सो फर्नान्डेस,बर्नार्डो सिल्भा र मेन्डेस पेसेन्सियाले समान एक एक गोल गरे ।

सातौ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

२२ औ मिनेटमा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अघि बढाए ।

फर्नान्डेसले ५२ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई ३–० ले अघि बढाएका थिए ।

पेसेन्सियाले पोर्चुगलाकालागि चौथो गोल गरे । सिल्भाले ६३ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई ठुलो जिततर्फ अगाडी बढाएका थिए । । त्यसको दुई मिनेटपछि रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

जितसँगै पोर्चुगल ७ खेलबाट १४ अंक सहित समूह बीको दोस्रो स्थानमा छ । सर्वियाको १३ अंक छ । लिथुनिया ४ अंक सहित चौथो स्थानमा छ ।

 

प्रकाशित मिति: : 2019-11-15 07:01:24

प्रतिकृया दिनुहोस्