आयो एनआरएनको रोलक्रम : तपाईचाँहि कति 'रोल नम्बरे' पर्नुभयो ?

एनआरएनएको यो कार्यकालको फस्ट ब्वाय : कुमार पन्त । सौजन्य : एनआरएनए सचिवालय ।

परदेसिएका नेपालीको छाता संस्था भनिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ रोलक्रम तोकेको छ। 

महासचिव डा. हेमराज शर्माले एक प्रेस विज्ञप्ती जारी गरी सार्वजिनक गरेको रोलक्रम १ देखि ३५ नम्बरसम्म रहेको छ । विज्ञप्तीअनुसार रोल नम्बर १ संद्दका अध्यक्षलाई मिदेको छ भने रोल नम्बर ३५ साधारण (चौवन्नी) सदस्यलाई मिलेको छ।

नयाँ रोलक्रमअनुसार रोल नम्बर २ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष, रोल नम्बर ३ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रमुख संरक्षक, रोल नम्बर ४ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का संरक्षकहरु, रोल नम्बर ५ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्षहरु,रोल नम्बर ६ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी सचिवालयका पदाधिकारीहरू, रोल नम्बर ७ मा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त विशेषज्ञहरूको भूमिकामा रहने अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गठन गरेका उच्चस्तरीय समितिका सदस्यहरू, रोल नम्बर ८ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सम्वद्ध र मानार्थ सदस्यहरू र रोल नम्बर ९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकारहरूलाई राखिएको छ।

नयाँ रोलक्रममा १ देखि १५ रोल नम्बर अन्तर्राष्ट्रियलाई दिइएको छ भने रोल नम्बर १६ बाट मात्र राष्ट्रियले ठाउँ पाएका छन्। राष्ट्रिय समन्वय परिषद्का अध्यक्षलाई रोल नम्बर १६ मा राखिएको छ।

रोलक्रमलाई लिएर मिश्रित प्रतिक्रिया मिलेको छ। अरूले यस बारेमा खासै चासो नदेखाए पनि राष्ट्रिय समन्वय परिषद्का अध्यक्षले भने आफ्नो अवमूल्यन भएको गुनासो गरेका छन्। 

 

 

प्रकाशित मिति: : 2019-11-14 20:01:01

प्रतिकृया दिनुहोस्