सिन्धुपाल्चोककाे इन्द्रावतीमा पाँच दलको उम्मेदवारी

प्रतिकात्मक तस्बिर

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा पाँच पार्टीले उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षको उम्मेदवारमा नेकपाले केदारनाथ आचार्य, नेपाली कांग्रेसले अशोक तामाङ, राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ, राप्रपा नेपाल रणबहादुर तामाङ र समाजवादी पार्टी नेपालबाट प्रकाश श्रेष्ठको उम्मेदवारी परेको छ।

उम्मेदवारी दर्ताका क्रममा सिन्धुपाल्चोकका उच्च तहको नेताको उपस्थित भएका थिए। मनोनयन दर्ता कार्यक्रममा पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङ र प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, पूर्वसांसद सुवास कर्माचार्य नेकपाको जिल्ला अध्यक्ष झम्क नेपाललगायतको नेता कार्यकताको उपस्थिति रहेको थियो।

त्यस्तै नेपाली कांग्रेसका पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत, सभापति विकास लामालगायतको नेता कार्यकर्ता उपस्थित थिए। स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि अहिले उपनर्वाचन हुन लागेको हो। यसअघि सो वडामा नेपाली कांग्रेस विजयी भएको थियो। निर्वाचित श्रेष्ठसँग नेकपाले उम्मेदवारी खडा गरेको आचार्य पाँच मतले पराजित भएका थिए। यस वडामा एक हजार ४०४ मतदाता रहेका छन्।

प्रकाशित मिति: : 2019-11-13 22:43:05

प्रतिकृया दिनुहोस्