उपनिर्वाचन: कोहलपुरमा पाँचको उम्मेदवारी

फाइल तस्बिर

बाँकेको कोहलपुर नगरपालिका वडा नं ६ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार पाँच जनाको उम्मेदारी दर्ता भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली कांग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेपाल मजदूर किसान पार्टीबाट दीपालक्ष्मी हमालको उम्मेदवारी परेको छ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामसोहन थारुको गत वर्ष मङ्सिर ९ गते हृदयाघातका कारण निधन भएपछि वडाध्यक्ष पद रिक्त रहेको हो। कोहलपुर– ६ मा मतदाताको सङ्ख्या दुई हजार २६ छ । उम्मेदवारी दर्ताका लागि दलका केन्द्रीय र जिल्ला नेताहरु कोहलपुर पुगेका थिए।

प्रकाशित मिति: : 2019-11-13 21:23:49

प्रतिकृया दिनुहोस्