सरकारी सम्पत्तिको चरम दुरूपयोग: लोकसेवाको कक्षा पढाउन जान पनि सरकारी गाडी [भिडियोसहित]

काठमाडौं – पुरानो नेपाली उखान छ, ‘राजाको काम, कहिले जाला घाम ।’ नेपाली कर्मचारीले जनता र राष्ट्रको काम लगनशीलताको साथ गर्दैनन् भन्ने आरोप लागि नै रहेको छ ।

राष्ट्रसेवक कर्मचारीले खुलेआम सरकारी सम्पत्तिको दुरूपयोग पनि गर्ने गरेका छन् । त्यसका लागि एउटा उदाहरण हेरौं : 

साँझको साढे ६ बजिसकेको थियो । काठमाडौं बानेश्वरबाट शंखमुलतर्फको ओरालोमा दायाँ–बायाँ लस्करै सरकारी गाडी र मोटरसाइकल पार्किङ गरेर राखिएको थियो ।

साँझको बेला के सरकारी कार्यक्रम रहेछ यहाँ ? हामीले सोच्यौं । बुझ्दा त्यहाँ कुनै सरकारी कार्यक्रम र कार्यालय केही रहेन छ ।

बरू त्यहाँ त लोकसेवाको परीक्षा तयारीसम्बन्धी पढाइ हुने चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट भन्ने संस्था रहेछ । त्यहाँ साँझ कार्यालय समय सकिएपछि कर्मचारीहरू पढाउन र पढ्न आउने रहेछन् ।

प्रकाशित मिति: : 2019-11-13 17:23:05

प्रतिकृया दिनुहोस्